PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

फुटबल, कोरोना र ताली : खेलाडी भन्छन्,'भाइरसको चेन बेक्र गरौं'



मुकुन्द घिमिरे

फुटबल, कोरोना र ताली : खेलाडी भन्छन्,'भाइरसको चेन बेक्र गरौं'

काठमाडौं : विश्वभर कोरोना भाइरसको कहर छ। संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। यस्तोमा विश्व खेलकुद प्रभावित भएको एकमहिना भन्दा धेरै भइसकेको छ। यस्तोमा खेलकुद क्षेत्रले कोरोना संक्रमण विरुद्ध विभिन्न योगदान गर्दै आएको छ।

फुटबलको सर्वोच्च निकाय फिफाले कोभिड १९ को प्रभाव बढेसँगै विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा सहयोगी भूमिका खेल्दै आएको छ। त्यस्तै एसियन फुटबल कन्फिडरेसन (एएफसी) ले ‘ब्रेक द चेन’ लगायतका क्याम्पेन चलाएर कोरोनाविरुद्धको सचेतना बढाउन सहयोग गर्दैआएको छ।

‘ब्रेक द चेन’ यस्तो जनचेतनामुलक कार्यक्रम हो। जसमा फुटबलका चर्चित खेलाडीहरुमार्फत जनचेतना फैलाउने गरिन्छ। नेपालका किरण चेम्जोङ र रोहित चन्द यस कार्यक्रमको हिस्सा बनिसकेका छन्।

‘यो महामारीको चेनलाई भत्काउन सबै आफ्नो भूमिका निभाउँ। सबैले नियमित हात धो‌औं। सामाजिक दुरी कायम गरौं। लकडाउनको समयमा घरमै बसौं,’ चेम्जोङले भनेका छन्। उनले अहिलेको महामारीमा वास्तविक हिरो स्वास्थ्यकर्मी भएको भन्दै सबैलाई आफ्नो क्षेत्रबाट कोरोनाको चेनलाई ब्रेक गर्न तयार रहन आग्रह गरेका छन्।

त्यस्तै नेपाली राष्ट्रिय टिमका सदस्य तथा पर्सिजा जकार्ताका खेलाडी रोहित चन्दले पनि अहिलेको समय विश्वभरका लागि चुनौतीपूर्ण रहेको बताउँदै सतर्कता अपनाउनु पर्नेमा जोड दिएका छन्।

‘विश्वभर सबैका लागि अहिले चुनौतीपूर्ण समय छ। त्यसैले यो चेनलाई तोड्न लागि परौं। यसकालागि हरेकले आफ्नो भूमिका खेल्न सक्छ। त्यसका लागि सबैले नियमित हात धौऔं। भौतिक दुरी कायम राखौं।’  चन्दले भनेका छन्। 

त्यस्तै एन्फाले पनि किरण चेम्जोङ, साबित्रा भण्डारी, रोहित चन्द, सुजल श्रेष्ठ, एन्जिला सुब्बा लगायतका खेलाडीहरुमार्फत जनचेतनामूलक भिडियो जारी गरेको थियो।

‘कोरोना महामारीले विश्वभर आइरहेको समस्याले पटकपटक सबैलाई सोच्न बाध्य बनाएको छ। त्यसैले नेपाल पनि उच्च जोखिममा रहेको कुरालाई मध्यनजर गर्दै सरकारले आग्रह गरेको छ,’ उनले भनेकी छिन्। भण्डारीले भिडियोमार्फत आधिकारिक निकायको सुन्न र हल्लाको पछि नलाग्नसमेत आग्रह गरेकी छिन्।

त्यस्तै विश्वभरका खेलाडीहरुद्वारा कोरोनाको अग्रमोर्चामा रहेर मानवताका लागि लडिरहेका स्वास्थकर्मी लगायतलाई सम्मानस्वरुप ताली बजाएका थिए। त्यही अनुरुप नेपाली राष्ट्रिय टिमका सदस्यहरुले पनि सम्मानस्वरुप तालि बजाएको भिडियो एन्फाले जारी गरेको थियो।

त्यसको प्रभाव नेपालका क्लबहरुमा पनि परिसकेको छ। ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबका खेलाडीहरुले पनि कोभिड १९ विरुद्ध अग्रमोर्चामा रहेर योगदान गर्नेहरुका सम्मानमा तालि बजाएको भिडियो कप्तान कमल श्रेष्ठले फेसबुकमा शेयर गरेका थिए।

नेपालकै कुरा गर्दा अखिल नेपाल फुटबल संघ एन्फा कोरोनासँगको लडाइमा सक्रिय देखिन्छ। बी डिभिजन लिग स्थगित भएयता कोरोनाविद्धको लडाइमा सहयोगी भूमिकामा देखिन्छ।

कोरोनाको संक्रमण बढेसँगै एन्फाले एक विज्ञप्ति निकाल्दै ललितपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटवल र धरानको फुटबल एकेडेमीको होस्टल र रौतहटको महिला फुटबल एकेडेमीको होस्टललाई नेपाल सरकार, प्रदेश सरकार या स्थानीय सरकारले प्रयोग गर्न सक्ने जनाएको थियो। जसमा रौतहटस्थित महिला फुटबल एकेडेमीलाई प्रदेश २ सरकारले प्रयोग गरिरहेको छ।

त्यस्तै एन्फाले ललितपुर महानगरपालिकालाई कोरोनाको महामारी सामान्य अवस्थामा नआउन्जेलका लागि भन्दै दुईवटा एम्बुलेन्स सहयोग गरेको थियो। त्यस्तै नेपालमा रहेका ए डिभिजन लिगका विदेशी खेलाडीहरुलाई राहत वितरण समेत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell