PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

लकडाउन खुकुलो छैन है, प्रहरीले समात्ला नि !



पहिलोपोस्ट

लकडाउन खुकुलो छैन है, प्रहरीले समात्ला नि !

काठमाडौः केही दिनदेखि काठमाडौं उपत्यकाभित्र लकडाउन खुकुलो भएको धेरैले महसुस गरेका छन्।

बिहान र बेलुका घर फर्किन सडकमा निस्किने मानिसको सङ्ख्याले पनि लकडाउन खुकुलो भएको संकेत गरिरहेको छ। तर प्रहरीले लकडाउन पालन गर्न अनुरोध गरेको छ। कोही पनि अनावश्यक रुपमा सडकमा निस्किए कारवाही गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

शुक्रवार बिहान ८ बजेसम्म प्रहरीले उपत्यकाबाट ६ सय ६८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। तर यो संङ्ख्या अन्य दिनको तुलनामा कम हो। त्यस्तै ४० वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell