PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या ५० हजार बढी, न्यूयोर्कका मेयर भन्छन् : यो भाइरस हाम्रो शहरमा सक्रिय छ



पहिलोपोस्ट

अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या ५० हजार बढी, न्यूयोर्कका मेयर भन्छन् : यो भाइरस हाम्रो शहरमा सक्रिय छ
Paul Martinka, nypost.com

अमेरिकामा कोरोना भाइरस संक्रमण र संक्रमणकै कारण मृत्यु हुनेको संख्या बढ्दो छ। वर्ल्डोमिटर्सका अनुसार त्यहाँ संक्रमितको संख्या ८ लाख ८६ हजार ७ सय ९ पुगेको छ।

त्यस्तै यो समाचार तयार पार्दासम्म ५० हजार २ सय ४३ जनाको मृत्यु भइसकेको छ।

अमेरिकामा संक्रमणका कारण मृत्यु हुनेको उच्च संख्या न्यूयोर्कमा रहेको छ। बिहीवार त्यहाँको स्वास्थ्य अधिकारीहरुले सार्वजनिक गरेको जानकारी अनुहार हालसम्म १५ हजार ४ सय ११ न्यूयोर्क बासीले ज्यान गुमाएका छन्। बिहीवार मात्र ४ सय १५ जनाको मृत्यु भएको हो।

त्यहाँ मात्र १ लाख ४१ हजार ७ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ।

न्यूयोर्क पोस्टका अनुसार संक्रमितमध्य २३ प्रतिशतको घरमै मृत्यु भइरहेको छ। त्यस्तै २२ प्रतिशतले नर्सिङ होममा ज्यान गुमाएका छन्।

'कोरोना भाइरस सबैतिर छ। न्यूयोर्कमा त झनै सक्रिय छ', मेयर बिल डे ब्लासियोले भने। उनले बुधबार १ लाख ३८ हजार ४ सय ३५ मा देखिएको संख्यामा एकै दिन ३ हजार माथि थप हुनुलाई उनले चुनौतीको संज्ञा दिए।

उनले अस्पतालमा भर्ना हुने र आइसियुमा रहेका बिरामीको संख्यामा कमी आउनुलाई भने सकारात्मक मानेका छन्।

विश्वभर १ लाख ९१ हजार ६१ जनाको कोभिड-१९ संक्रमणका कारण मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell