PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पाकिस्तानमा रमजानका लागि मस्जिदमा प्रार्थना गर्न अनुमति



पहिलोपोस्ट

पाकिस्तानमा रमजानका लागि मस्जिदमा प्रार्थना गर्न अनुमति
PHOTO : AFP

मुस्लिम धर्मालम्बीको पर्व रमजान सुरु भएको छ। तर, कोरोना त्रास र लकडाउनका कारण विभिन्न देशका मस्जिदहरुमा प्रार्थना गर्न प्रतिबन्ध लगाइएको छ। इस्लाम धर्मको मूल थलो मानिने साउदी अरबमा समेत सामूहिक प्रार्थनामा प्रतिबन्ध लगाएको छ।

तर, पाकिस्ताले भने लकडाउनमा रहेको पुरै विश्वलाई चुनौती दिँदै रमजानका लागि मस्जिदमा प्रार्थना गर्न अनुमति दिएको छ। पाकिस्तानमा शनिबारदेखि रमजान सुरु हुँदैछ।

सामान्यतया रमजानमा इस्लाम धर्म मान्नेहरु मस्जिदमा जम्मा भएर प्रार्थना गर्छन्। तर, लकडाउनका कारण धेरै देशले मस्जिदमा जान रोक लगाएका छन्।

पाकिस्तानमा अहिलेसम्म दश हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित छन्। जसमा ६६ प्रतिशत केस लोकल-ट्रान्समिसनका छन्। तर पनि सामूहिक प्रार्थनाको अनुमति दिएपछि स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्। 

यहाँका वरिष्ठ चिकित्सहरुले भने रमजानमा हुने मानिसहरुको भिड खतरनाक हुने र यसले संक्रमण बढाउने चेतावनी दिएका छन्। यसो भएमा स्थिति नियन्त्रण बाहिर जाने भन्दै उनीहरुले सरकारलाई सचेत गराएको बीबीसी हिन्दीले जनाएको छ।

इण्डोनेसियामा लकडाउन उल्लंघन गर्दै प्रार्थना

त्यसैगरी इण्डोनेसियाको अचे प्रान्तमा ठूलो संख्यामा मुसलमान समुदायका नागरिकले बिहीवार राती मस्जिदमा सामूहिक नमाज पढेका छन्। यो रमजान सुरु हुनु भन्दा पहिलाको नमाज थियो। उनीहरु मास्क लगाएर गएका थिए। तर, भौतिक दुरी भने थिएन।

उनीहरुले इण्डोनेसियाको सरकारको गाइडलाइनको उल्लंघन गरेपछि यहाँ संक्रमण फैलिने चिन्ता व्यक्त गरिएको छ। अचे प्रान्तमा सरकार भन्दा पनि इस्लामिक समूहको कानुन बढी चल्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell