PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

प्रधानमन्त्री ओलीप्रति आक्रमक पूर्व प्रम भट्टराई, भने : उनी कुर्सीमा रहेसम्म लोकतन्त्रमाथि खतरा



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीप्रति आक्रमक पूर्व प्रम भट्टराई, भने : उनी कुर्सीमा रहेसम्म लोकतन्त्रमाथि खतरा

काठमाडौं : समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहने बताएका छन्।

भट्टराई अध्यक्ष रहेको पार्टी फुटाउन अध्यादेश नै ल्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले आजको मन्त्रिपरिषद बैठकबाट त्यो फिर्ता लिएका छन्। अध्यादेश फिर्ता पछि डाक्टर भट्टराईले उनीमाथि निसाना साँधेका हुन्।

'समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैँतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएछन्,' डाक्टर भट्टराईले ट्विटमा लेखेका छन्, 'यसबीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानविन/कार्वाही हुनैपर्छ!'

भट्टराईले उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell