PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नेकपा सांसद रामकुमारी झाक्रीले उठाइन सरकारमाथि नैतिकताको प्रश्न



पहिलोपोस्ट

नेकपा सांसद रामकुमारी झाक्रीले उठाइन सरकारमाथि नैतिकताको प्रश्न

काठमाडौं : सरकारले अध्यादेश फिर्ता लिए पनि नेपाल कम्युनिस्ट पार्टीकी नेता तथा सांसद रामकुमारी झाक्रीले नैतिकताको प्रश्न उठाएकी छन्।

उनले सरकारले अध्यादेश फिर्ता लिए पनि राजनीतिक र नैतिक प्रश्न नसकिने दाबी गरेकी छिन्।

प्रधामन्त्री केपी ओलीले अध्यादेश फिर्ता लिए लगतै उनले सरकरमाथि यस्तो प्रश्न गरेकी हुन्।

झाक्रीले ट्वीटरमा अध्यादेश फिर्ता पछि अब के हुन्छ भन्ने प्रश्न पनि गरेकी छिन्।

'अध्यादेश फिर्ता भयो रे! के योसँगै सम्पूर्ण राजनीतिक र नैतिक प्रश्न सकिन्छ? मलाई लाग्छ सकिदैन। अब के हुन्छ?,' उनले प्रश्न गरेकी छिन्।

प्रधामन्त्री ओलीको आफ्नै पार्टी भित्र र बाहिर फार्टी फुटाउन अध्यादेश ल्याएको भन्दै चर्को बिरोध भएको थियो।

उनले गत सोमवार ल्याएको अध्यादेश दबाब थेग्न नसकेपछि शुक्रबारको बैठकबाट फिर्ता लिने निर्णय गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell