PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अध्यादेश खारेजीको प्रक्रिया प्रारम्भसँगै ओलीले कांग्रेस सभापति देउवालाई छलफलमा बोलाए



पहिलोपोस्ट

अध्यादेश खारेजीको प्रक्रिया प्रारम्भसँगै ओलीले कांग्रेस सभापति देउवालाई छलफलमा बोलाए

काठमाडौँः अध्यादेश प्रकरणले सम्बन्ध चिसिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवासँग परामर्श बैठक तय गरेका छन्। पार्टीभित्रको समीकरणमा समेत पेलिँदै गएका बेला ओलीले विपक्षी दलका नेतासँग परामर्श गर्न लागेका हुन्। शुक्रवार ३ बजे बालुवाटारमा दुई नेताबीच छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

शुक्रवार नै मन्त्रिपरिषदले यसअघि जारी दुई विवादास्पद अध्यादेश खारेजीको प्रक्रिया पनि प्रारम्भ गरिसकेको छ। अध्यादेश खारेजीको प्रक्रिया प्रारम्भ भएसँगै प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग भेट्न लागेका हुन्।

विपक्षी दललाई समेत बाइपास गर्ने उदेश्यसहित संवैधानिक परिषदको बैठकको कार्यविधि फेर्नेगरि अध्यादेश ल्याएको कांग्रेसले आरोप लगाएको थियो। अध्यादेश खारेजीको माग पनि कांग्रेसले गरेको थियो।

हाल विभिन्न संवैधानिक निकायमा ४१ पद रिक्त छ।

विपक्षी दलका नेताले संवैधानिक निकायका अनावश्यक रुपमा भाग खोजेको भन्दै सत्तापक्षले सहज रुपमा निर्णय गर्नसक्ने गरी अध्यादेश ल्याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell