PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

'कोरोना'नाम गरेका बालकलाई टम ह्यांक्सको कोरोना ब्रान्डकै टाइपराइटर उपहार



पहिलोपोस्ट

'कोरोना'नाम गरेका बालकलाई टम ह्यांक्सको कोरोना ब्रान्डकै टाइपराइटर उपहार

अमेरिकी अभिनेता टम ह्यांक्सले एक बालकलाई टाइपराइटर उपहार दिएका छन्। कोरोना नाम गरेका एक अस्ट्रेलियाली बालकले नामकै कारण मानिसहरुले आफूलाई गिज्याएको बताएका थिए। सोही बालकलाई टमले कोरोना ब्रान्डको टाइपराइटर दिएका हुन्।

मार्चको दोस्रो साता अस्ट्रेलियामा भइरहेको फिल्म छायांकनका क्रममा उनीहरु अचानक बिरामी परे। र, परीक्षणपछि दुवैमा संक्रमण पुष्टि भएको थियो।

अस्ट्रेलियाको ब्रिसबेनस्थित गोल्ट कोस्ट अस्पतालमा उपचारपछि ठीक भए। मार्चको साता अमेरिका फर्किएका थिए।

उनीहरु अमेरिका फर्किएपछि अस्ट्रेलियाका ८ वर्षीय कोरोना डि व्राइजले टम र उनकी श्रीमती रीटा विल्सनलाई पत्र लेखेका थिए। पत्रमा सोधेका थिए,'तपाईंहरुलाई कोरोना भाइरसको संक्रमण थियो भन्ने सुनें। अहिले ठीक त हुनुन्छ?'

पत्रमा उनले आफ्नो नाम 'कोरोना' नाम निकै प्रिय लाग्ने भएतापनि हाल स्कूलका अन्य विद्यार्थीले 'कोरोनाभाइरस' भन्दै जिस्क्याउने गरेको जनाएका थिए। 'गिज्याउनेहरुले मलाई दु:खी बनाएका छन्। उनीहरुसँग मलाई रीस उठ्छ', उनले लेखेका छन्।

जवाफमा टमले लेखेका छन् :

प्रिय साथी कोरोना,

तिम्रो पत्रले म र मेरी श्रीमतीलाई खुशी बनायो। साथीहरु सबै जना भाइरसको त्रासमा रहेको यस समयमा हामीलाई खुशी हुने कारण दिएकोमा धेरै धन्यवाद।'

उनले कोरोना नाम भएको व्यक्ति ती बालक बाहेक अरु कोही नचिनेको समेत बताएका छन्।

पत्रसँगै टमले ती बालकलाई कोरोना ब्रान्डको टाइपराइटर पठाएका हुन्। जुन उनले आफ्नो क्वारेन्टाइनमा रहँदा प्रयोग गरेका थिए। उनले आफ्नो पत्रको पुन: जवाफ पठाउन उक्त टाइप राइटर प्रयोग गर्न आग्रह समेत गरेका थिए। डि व्राइजका परिवारले अस्ट्रेलियाको नाइन न्यूजसँग बताएका छन्। सोही समाचारमार्फत् ती बालकले आफ्नो नयाँ अमेरिकी साथीलाई धन्यवाद समेत व्यक्त गरेका छन्।

बालकको परिवारका अनुसार टमले 'टोय स्टोरी फिल्म्स'मा निर्वाह गरेका वुडी पात्रका कारण प्रभावित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell