PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

राष्ट्रपति भण्डारीद्वारा दुइटै अध्यादेश खारेज



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीद्वारा दुइटै अध्यादेश खारेज

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गरेकी छिन्।

आज दिउँसो मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै राष्ट्रपति भण्डारीले खारेज गरेकी हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरु खारेज गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

चार दिनअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ प्रमाणिकरण गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell