PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अध्यादेश खारेजपछि बालुवाटारमा ‌ओली र देउवाबीच भेटवार्ता



पहिलोपोस्ट

अध्यादेश खारेजपछि बालुवाटारमा ‌ओली र देउवाबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओली र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज भएपछि ओलीलाई भेट्‍न देउवा बालुवाटारमा पुगेका हुन्। ओलीले मन्त्रिपरिषद बैठक अघि नै देउवालाई फोन गरेर बालुवाटार बोलाएका थिए।

प्रमको सचिवालयले सार्वजनिक गरेको फोटोमा ओली र देउवा दुवैको हाउभाउ हाँसेको देखिन्छ।

यसअघि संवैधानिक परिषद सम्बन्धी अध्यादेश कांग्रेसकै कारण ल्याएको प्रम ओलीले आफ्ना पार्टीका नेताहरुलाई बताएका थिए। संबैधानिक अंगहरुमा कांग्रेसले भागबण्डा खोजेको भन्दै ओलीले अध्यादेश ल्याउनुपरेको प्रष्टिकरण दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell