PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

सशस्त्र प्रहरीको क्याम्प नजिक बोर्डिङ स्कुलका सञ्चालक भुसालको शव फेला



एम बम

सशस्त्र प्रहरीको क्याम्प नजिक बोर्डिङ स्कुलका सञ्चालक भुसालको शव फेला

कैलाली : महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ९ मसुरीया निवासी कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन्। पहलमानपुर स्थित सशस्त्र प्रहरी क्याम्प नजिकै आमखैया जंगलको बीचमा राजमार्ग छेउमा राति करिब १२ बजे उनको शव भेटिएको प्रहरीले जनाएको छ।

मृतकको आँखा, मुख र घुडामा चोटपटक देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्ष कुमार बस्नेतले बताए। उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ। उनी मसुरीयामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत हुन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell