काठमाडौं: सरकारले शुक्रबारसम्म ४७ हजार भन्दा बढीको कोरोना भाइरस परीक्षण गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा प्रयोगशाला विधि (पीसीआर) र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट ४७ हजार ४९६ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए। उनका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७९१ जनाको परीक्षण भएको छ।
देशभर १२ हजार ९८५ क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा ९३ जना छन्।