PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

औषधिको मूल्य वृद्धि भएको छैन, आफूखुसी बढाए कारवाही गर्छौं : स्वास्थ्य मन्त्रालय



पहिलोपोस्ट

औषधिको मूल्य वृद्धि भएको छैन, आफूखुसी बढाए कारवाही गर्छौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले औषधिको मूल्य वृद्धि नभएको स्पष्ट पारेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा औषधिको मूल्य बढ्नुपर्ने कारण नभएको बताए।

'औषधिको मूल्य बढेको गुनासो आएका छन्। बजारमा औषधिको बिक्री वितरणबारे अनुगमन भइरहेको छ,' उनले अगाडि भने, 'औषधिको मूल्य बढ्नुपर्ने कुनै कारण छैन, बढाएको पाइएमा कडा कारवाही हुनेछ।'

उनले व्यवसायीलाई सामान्य अवस्थाको जस्तै औषधि विक्री वितरण गर्न आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell