PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

ओली र देउवाको छलफल चल्दै गर्दा बालुवाटारमा प्रचण्डको प्रवेश



पहिलोपोस्ट

ओली र देउवाको छलफल चल्दै गर्दा बालुवाटारमा प्रचण्डको प्रवेश

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

राजनीतिक दल तथा संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेजपछि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरिरहेका बेला प्रचण्ड बालुवाटार पुगेका हुन्।

अहिले तीनै नेताबीच समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रचण्ड आउनुअघि ओली र देउवाबीच झण्डै एक घण्टा कुराकानी भएको थियो। के विषयमा कुराकानी भयो भन्ने स्पष्ट खुलेको छैन। सल्लाहकार थापा भने अध्यादेश लगायत विकसित राजनीतिक घटनाक्रम तथा समासामयिक विषयमा छलफल भएको बताउँछन्।

अध्यादेश प्रकरणले नेकपाभित्र असन्तुष्टि बढेका बेला प्रधानमन्त्री ओलीले फोन गरेर प्रतिपक्षी नेता देउवालाई बालुवाटार बोलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell