
काठमाडौं : निर्वाचन आयोगले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ४ लाख ९३ हजार जम्मा गरेको छ।
कोरोना कोषमा प्रमुख आयुक्त र आयुक्तहरुले १५ दिनको पारिश्रमिक र कार्यरत कर्मचारीहरुको पारिश्रमिक गरी कूल ४ लाख ९३ हजार ९ सय ३५ जम्मा गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
'प्रमुख आयुक्त तथा आयुक्तबाट १५ दिनको पारिश्रमिक ९८ हजार ५१० र कर्मचारीको पारिश्रमिक ३ लाख ९५ हजार ४२५ गरी ४ लाख ९३ हजार ९३५ रुपैयाँ जम्मा गरिएको छ,' श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
आयोगले जिल्ला निर्वाचन कार्यालयलाई तोकिए बमोजिमका दिनको पारिश्रमिक रकम उक्त कोषमा जम्मा गर्न निर्देशन दिइसकेको छ।