PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

काठमाडौं प्रहरी प्रमुखमा श्याम ज्ञवाली, अपराध अनुसन्धान महाशाखाको जिम्मेवारीमा दीपक थापा



पहिलोपोस्ट

काठमाडौं प्रहरी प्रमुखमा श्याम ज्ञवाली, अपराध अनुसन्धान महाशाखाको जिम्मेवारीमा दीपक थापा

काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका प्रमखु फेरिएका छन्। गृमन्त्रालयले शुक्रवार एसएसपी श्याम ज्ञवालीलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिएको हो। ज्ञवाली यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए।

उनले रुपन्देहीको जिल्ला कमाण्डरको भूमिका समेत सम्हालिसकेका छन।

त्यस्तै महानगरीय अपराध महशाखाका प्रमुख पनि फेरिएका छन्। महाशाखामा एसएसपी दीपक थापालाई पठाइएको छ। परिसरका प्रमुख उत्तमराज सुवेदी र महाशाखाका प्रमुख सहकुल थापा एसएसपीबाट डिआइजीमा बढुवा भएपछि प्रमुख फेरिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell