
फिल्मभन्दा अफेयर र विवाहको प्रसंगले बाहुबली स्टार प्रभासको बढी चर्चा हुने गर्छ। तर, यी चर्चा चर्चामै सीमित हुने गर्छन्। अहिलेसम्म वास्तविकतामा परिणत हुन सकेको छैन।
विश्वभर कोरोना भाइरसको संक्रमण र लकडाउनको चर्चा भइरहँदा बलिउडमा भने प्रभासको विहेको चर्चा चलेको छ। मेघास्टार चिरन्जीवीकी भतिजी एवं साउथ अभिनेती निहारिकासँग प्रभास वैवाहिक बन्धनमा बाँधिन लागेको खबरले बजार तताएको छ।
आफ्नो नाम प्रभाससँग जोडिएपछि निहारिकाले मुख खोलेकी छिन्। उनले बजार तताउने खबरको खण्डन गर्दै प्रभाससँग आफ्नो विवाह अफवाहमात्रै भएको स्पष्ट पारेकी छिन्। उनले खबरमा उल्लेख भएका कुरा निराधार भएको बताएकी छिन्।
केही दिनअघि चिरन्जीवीले पनि यो विषयमा निहारिकाको परिवारले उनी आफ्नो करियरमा फोकस हुनुपर्ने चाहेको र उनीहरु अहिले नै निहारिकाको विहे गर्ने पक्षमा नरहेको बताएका थिए।
निहारिकाले तेलुगू फिल्म इण्डस्ट्रीमा सन् २०१६ देखि फिल्म ओका मनासूबाट डेब्यू गरेकी थिइन्।
यसअघि प्रभासको नाम अनुष्का सेट्टीसँग जोडिँदै आएको थियो। प्रभास अनुष्काका सबैभन्दा नजिकका दोस्त हुन्।
त्यसो त बाहुबली प्रदर्शनपछि प्रभाससँग विहे गर्न करिब ६ हजार प्रस्ताव आएका थिए। यद्यपि उनले आफू फिल्मी क्षेत्र र करियरमा व्यस्त रहेको भन्दै अस्वीकार गरेका थिए।