PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदेश नम्बर १ मा पिसिआर टेस्टका लागि ९ सय ६ जनाको नमुना संकलन, कोरोना कोषमा पौने २९ करोड



अनन्तराज न्यौपाने

प्रदेश नम्बर १ मा पिसिआर टेस्टका लागि ९ सय ६ जनाको नमुना संकलन, कोरोना कोषमा पौने २९ करोड

विराटनगर : प्रदेश नम्बर १ मा पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणका लागि शुक्रवारसम्म २ सय ४३ महिलासहित ९ सय ६ जनाको नमुना संकलन गरिएको छ। मुख्यमन्त्री कार्यालयको कोरोना सूचना डेस्कका अनुसार उनीहरूमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेशमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

द्रुत परीक्षण विधि (आरडिटी) बाट जम्मा ४ हजार १ सय ६० जनाको नमुना परीक्षण गरिएको डेस्कले जनाएको छ। परीक्षण गरिएकामा ६ सय ७६ महिला र ३ हजार ८ सय ८४ जना पुरुष छन्।

प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार १ सय ६३ जना पुगेको छ। जसमध्ये ४३ जना डिस्चार्ज भएका छन्। आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन्।

होम क्वारेन्टाइनमा जम्मा ५ हजार ३ सय ८७ जना बसिरहेको सूचना डेस्कले दिएको छ। होम क्वारेन्टाइनमा बस्नेमा महिला ९ सय ३ र पुरुष ४ हजार ४ सय ८४ जना छन्।

यसैबिच प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ। यो कोषमा प्रदेश सरकारले २५ करोड रकम जम्मा गरेको थियो। कोषमा विभिन्न संघसंस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारी लगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाले बताए।
कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड ६ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्य प्रसाद राईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell