PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

२० हजार बेलायतीको कोरोनाका कारण ज्यान गुमेपछि ड्रोनबाट औषधि ओसार्न ग्रिन सिग्नल



पहिलोपोस्ट

२० हजार बेलायतीको कोरोनाका कारण ज्यान गुमेपछि ड्रोनबाट औषधि ओसार्न ग्रिन सिग्नल

लन्डन : कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २० हजारको सीमा छुनै लाग्दा बेलायतको बोरिस जोनसन सरकारले ड्रोन मार्फत् औषधि वितरण गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ।

विभिन्न टापु तथा दुर्गम क्षेत्रमा औषधि ड्रोन मार्फत् पठाउन सरकारले स्वीकृति प्रदान गरेको हो।

शुक्रवारसम्म बेलायतमा कोभिड १९ का कारण मर्नेको संख्या १९ हजार ५ सय ६ पुगेको छ। यो सूची अस्पतालमा ज्यान गुमाउनेहरुको हो। त्यसबाहेक घरमा नै ज्यान गुमाउनेहरुको तथ्याङ्क प्राप्त भइसकेको छैन।

बेलायतको ट्रान्सपोर्ट सेक्रेटरी ग्रान्ट शाप्सले ड्रोन मार्फत् औषधि पठाउने प्रयासलाई साथ दिने निर्णय भएको जानकारीदिए।

‘ड्रोनबाट औषधि ओसार्ने परीक्षणका लागि मैले ग्रिन सिग्नल दिएको छु,’ उनले भने, ‘यस वर्षको सुरुवातमा नै हामीले भविष्यको यातायात व्यवस्थाका लागि २८ मिलियन पाउन्ड स्टर्लिङ छुट्याएका छौं।’

उनका अनुसार औषधिसहित ड्रोनको परीक्षण उडानका लागि ८० लाख पाउन्ड छुट्याइएको छ। ड्रोनबाट औषधि सहज रुपमा पठाउन सकिए यसमा थप खर्चने बेलायती तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell