PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लकडाउनको विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै



पहिलोपोस्ट

लकडाउनको विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

काठमाडौं : आज कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ।

बिहान ११ बजेको लागि बैठक बोलाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिहदरबारमा बस्न लागेको बैठकले कोरोना भाइरसको संक्रमण र एक महिनादेखि जारी रहेको लकडाउनको विषयमा छलफल हुने छ। समितिको सिफारीसमा नै पछिल्लो पटक वैशाख १५ गतेसम्मका लागि लकडाउन थपिएको थियो। 

पछिल्लो पटक थपिएको लकडाउनको समय सोमवार राति १२ बजेबाट सकिँदैछ। अब लकडाउन कसरी थप्ने र कहिलेसम्म पुर्‍याउने भन्ने विषयमा छलफल हुने छ। सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell