नयाँ दिल्ली : भारतका खुद्रा पसलहरु खोल्न भारतको गृहमन्त्रालयले अनुमति दिएको छ। हिजो मध्यरातमा जारी भएको निर्देशनअनुसार कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक प्रकृया पूरा गरेर खुद्रा पसल खोल्न अनुमति दिएको हो।
बस्तीमा रहेका स्टोर तथा खुद्रा पसलहरु लकडाउनको अवधीमा पनि खुला राख्न अनुमति दिएको हो। तर, मल्टिप्लेक्ससहितका बजार खुला गर्न भने अनुमति दिइएको छैन।
भारतमा कोरोना संक्रमितको संख्या २३ हजार भन्दा माथि पुगिसकेकव छ भने ७ सय २३ जनाको मृत्यु भइसकेको छ। भारतमा मे ३ सम्मका लागि लकडाउन छ। पछिल्लो २१ दिने लकडाउनका कारण भारतमा जनजीवन प्रभावित भएपछि मध्यरातमा यस्तो निर्देशन जारी भएको हो।