
काठमाडौं : बर्दिवासमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बर्दिवास नगरपालिका वडा नम्बर ३ मा बस दुर्घटना हुँदा गाडीका सहचालक पासाङ विकको च्यापिएर मृत्यु भएको हो।काठमाडौंबाट उदयपुर गएको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना भएको थियो।
'एक जनाको मृत्यु भइसकेको छ। एक जना गम्भीर घाइते भएका छन्,' महोत्तरी जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव कुमार बुढाथोकीले भने।
बसमा ३५ जना सवार थिए। अन्य यात्रुको उद्धार गरी उदयपुर पठाइसकेको प्रहरीले जानकारी दिएको छ। बिहान ५ बजेतिर बस दुर्घटना भएको हो।