PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

कोरोना भाइरस : न्यूयोर्कमा संक्रमणकै कारण मृत्यु हुनेको संख्यामा कमी



पहिलोपोस्ट

कोरोना भाइरस : न्यूयोर्कमा संक्रमणकै कारण मृत्यु हुनेको संख्यामा कमी
Getty Images

न्यूयोर्कमा शुक्रबार कोरोना भाइरस संक्रमणका कारण ४ सय २२ जनाको मृत्यु भयो। २४ घण्टाको यस मृत्युदर ३१ मार्च पछिको सबैभन्दा कम हो। उक्त दिन ३ सय ९१ ले ज्यान गुमाएका थिए।

हालसम्म न्यूयोर्कमा १६ हजार भन्दा बढी मानिसको संक्रमणकै कारण मृत्यु भइसकेको छ। त्यहाँका गर्भनर एन्ड्रू कोमोले प्रेस ब्रिफिङमा भने,’एकदिनको मृत्युदर कम हुँदैमा ढुक्क रहने स्थिति छैन। अझै पनि मानिस मरिरहेका छन् र यस संक्रमणले निम्त्याउने अवस्था अकल्पनीय छ।‘

उनले कोरोना अझै पनि विनाशकारी चुनौती भएको बताए। न्यूयोर्कमा मात्र १४ हजार २ सय ५८ मानिस उपचाररत् छन्। नयाँ संक्रमितको संख्या १३ सय रहेको छ।

‘यो चुनौतिपूर्ण छ त्यसैले तत्काल सामाजिक दूरी कायम राख्ने विषयमा लचिलो बन्नु सम्भव छैन। लकडाउन खोल्नु सम्भव छैन’, कोमोले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell