PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

कोभिड-१९ संक्रमणका कारण जुम्ल्याहा दिदी बहिनीको निधन, दुवै जना थिए स्वास्थ्यकर्मी



पहिलोपोस्ट

कोभिड-१९ संक्रमणका कारण जुम्ल्याहा दिदी बहिनीको निधन, दुवै जना थिए स्वास्थ्यकर्मी
Zoe Davis

कोरोना भाइरस संक्रमणका कारण जुम्ल्याहा दिदी बहिनीको मृत्यु भएको छ। बेलायतका ३७ वर्षीया क्याटी डेविस र एम्मा डेविसको तीन दिनको अन्तरालमा भएको हो।

क्याटीले नर्सका रुपमा बालबालिकाको हेरचाह गर्दै आएकी थिइन्। उनी साउथएह्याम्पटन चिल्ड्रेल हस्पिटलमा कार्यरत् थिइन्। एम्मा पनि केही समय अघिसम्म सोही अस्पतालमा नर्सका रुपमा काम गर्दै थिइन्।

‘उनीहरु दुवै भन्थे हामी एकसाथ यस धर्तीमा आयौं। जाँदा पनि सँगै हुन्छौं’, उनीहरुकी दिदी जोयले भनेकी छन्। जोयका अनुसार यी दुवैलाई अन्य स्वास्थ्य समस्या पनि रहेको थियो।

क्याटीको गत मंगलवार निधन भएको हो। ठीक तीन दिन पछि एम्माको।

क्याटी कार्यरत् अस्पतालका कार्यकारी प्रमुख पाउला हेड भन्छन्,’उनको लागि नर्सिङ कामभन्दा बढी सेवा थियो। धेरै नर्स उनीजस्तै बन्न चाहन्थे।‘

उनीहरु उपचाररत् अस्पतालमा उनलाई श्रद्धाञ्जली व्यक्त गर्दै ‘क्ल्याप फर क्याटी’ आयोजना गरिएको थियो। त्यतिखेर एम्मालाई उपचारका लागि भर्खर ल्याइएको थियो। ‍‍

हालसम्म बेलायतमा ५० जना नर्सको मृत्यु भइसकेको बीबीसीले जनाएको छ। उनीहरु सबैको कोरोना भाइरस संक्रमण फैलिएपछि मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell