PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

लगातार दोस्रो वर्ष प्रभावित भयो भारतको ‘राष्ट्रिय फिल्म अवार्ड’



पहिलोपोस्ट

लगातार दोस्रो वर्ष प्रभावित भयो भारतको ‘राष्ट्रिय फिल्म अवार्ड’

कोभिड १९ को कहरका कारण हरेक वर्ष मार्च ३ तारिखमा हुने भारतीय राष्ट्रिय फिल्म अवार्ड स्थगित हुने भएको छ। कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतमा पनि लकडाउन जारी रहेकोले राष्ट्रिय फिल्म अवार्ड स्थगित वा रद्द नै हुनसक्ने बलिउड हंगामाले जनाएको छ

लकडाउन र संक्रमण त्रासकै कारण सम्बन्धित निकायका अधिकारीहरु बीच पनि ६७ औं अवार्ड समारोह बारे कुनै किसिमको छलफल भएको छैन। गत वर्ष अवार्डका निर्णायक रहेका फिल्मकर्मी राहुल रवेलका अनुसार यस वर्ष अवार्डको जुरी समेत गठन गरिएको छैन।

हरेक वर्ष अप्रिलमै विजेता फिल्म, कलाकार, लेखक, प्राविधिक एवं अन्यको नाम सार्वजनिक भइसकेको हुन्थ्यो।

सन् २०१९ मा पनि भारतको राष्ट्रिय फिल्म अवार्ड प्रभावित भएको थियो। लोकसभा निर्वाचनका कारण तोकिएको मितिभन्दा ढिला अर्थात् अगस्टमामात्रै अवार्ड विजेता घोषणा गरिएका थिए। अवार्ड हस्तान्तरण समारोह भने डिसेम्बरमा भएको थियो।

राहुलले भने,’सन् २०२० मा सायदै कुनै फिल्म सार्वजनिक होला। त्यसैले राष्ट्रिय अवार्ड अर्को वर्ष पनि प्रभावित हुने निश्चित छ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell