PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

कोरोना संक्रमित युवकका श्रीमती र छोरीको पीसीआर परीक्षण आयो नेगेटिभ, ४० दिनसँगै बस्दा पनि सरेन कोरोना



प्रकाश भण्डारी

कोरोना संक्रमित युवकका श्रीमती र छोरीको पीसीआर परीक्षण आयो नेगेटिभ, ४० दिनसँगै बस्दा पनि सरेन कोरोना

काठमाडौं : भोजपुरका २६ वर्षका युवाकी श्रीमतीको पीसीआरबाट कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ।

साउदी अरबबाट फागुन ३० गते नेपाल फर्केका संक्रमितकी श्रीमतीसहित पाँच जनाको रिपोर्ट नेगेटिभ आएको हो।

बिदेशबाट उनी सुनसरीमा रहेकी श्रीमतीसँग हप्ता दिन बसेर चैत ८ गते ससुराली गएका थिए।

उनको ससुराली उदयपुरको बेलका नगरपालिका स्थित माङटेनमा हो। उनी श्रीमतीसँग ૪० दिन सँगै बसेका थिए।

૪० दिन पछि आरडीटी जाच गर्दा २६ वर्षका युवाको रिपोर्ट पोजेटिभ आएको थियो। आरडीटीपछि उनको पीसीआर परीक्षण गरिएको थियो।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञन प्रतिष्ठानमा उनकी श्रीमती र ससुरालीका ૪ जनाको पीसीआर परीक्षण गरिएको बेलका नगरपालिकाको मेयर दुर्गाकुमार थापाले जानकारी दिए।

संक्रमितका सासु, ससुरा, श्रीमती, छोरी र भान्जाको रिपोर्ट नेगेटिभ आएको हो।

शुक्रवार परीक्षणका लागि पठाइएकोमा आज नेगेटिभ नतिजा आएको संक्रमित युवाकी श्रीमतीले जानकारी दिइन्।

'आज बिहान हामी सबैको रिपोर्ट नेगेटिभ आएको छ। श्रीमानलाई लगेपछि हामी ५ जनाको कोरोना परीक्षणका लागि नमुना धरान पठाइएको थियो,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell