
क्रिकेटर कपिल देवको जीवनीमाथि बनेको बलिउड फिल्म '८३' प्रतीक्षित थियो। कबिर खान निर्देशित स्पोर्स्ट ड्रामाले सन् १९८३ मा भारतीय क्रिकेट टोलीले विश्वकप जित्दाको कथा देखाउँछ। जसमा कपिलको भूमिका निर्वाह गर्दैछन् कलाकार रणवीर सिंहले र उनकी श्रीमतीको भूमिकामा देखिँदै छिन् दीपिका पाडुकोण।
तर, भारतमा कोरोना भाइरस संक्रमण, संक्रमणकै कारण मृत्यु र त्रास बढ्दो छ। यो अवस्थामा मनोरञ्जन क्षेत्र पन सावधानी र सतर्कताको सन्देश फैलाउनमै व्यस्त छ। तत्काल लकडाउन खुल्ने, सिनेमा हलहरु सञ्चालनमा आउनु र दर्शक हलसम्म पुग्नु सम्भव छैन। सिनेमा हल खुलेपनि ठूलो ब्यानरका फिल्म लाग्ने निश्चित छैन। किनकि तत्काल दर्शक सिनेमा घरसम्म पुग्न तयार हुँदैनन्, त्रासकै कारण। प्रभावमा पर्यो ‘८३’ पनि। यही अप्रिल १० मा रिलिज टार्गेट पछि सर्यो।
सिनेमा हलको प्रदर्शन स्थगित भएपछि एक प्रतिष्ठित कम्पनीले ‘ओभर द टप’ले टिभीमार्फत् प्रदर्शनका लागि प्रस्ताव गरेको छ। १ सय करोड ४३ लाख भारतीय रुपैयाँमा फिल्म किन्ने प्रस्ताव राखेको खबर सार्वजनिक भयो।
तर रिलायन्स इन्टरटेनमेन्टका सिइओ शिवाषिश सरकारले उक्त खबरको खण्डन गरे। बलिउड हंगामासँग भने,’८३ ठूलो पर्दाको लागि बनेको हो। हामीले टिभीमार्फते प्रदर्शनमा ल्याउने कुनै योजना बनाएका छैनौं।‘ उनले कोरोना त्रासको अवस्था उस्तै रह्यो र ६ महिना पछिसम्म पनि सिनेमा हल पुन: सञ्चालनमा आउने छाँट देखिएन भने पुनर्विचार गर्ने बताए।
विश्लेषकहरुले भने ८३ सहित अन्य साना तथा ठूला बजेको फिल्मका लागि ओटिटीले प्रस्ताव राखेको बताएका छन्। लकडाउन र त्यसपछिको त्रासदिपूर्ण स्थितिभरका लागि पर्याप्त सामाग्री जम्मा गर्न कम्पनीले महंगो रकममा फिल्महरु खरिद्को प्रस्ताव राखेको दावी छ। ‘द कार्गिल गर्ल’, ‘खाली पिली’, ‘कुली नं १’, ‘गिन्नी वेड्स सन्नी’, ‘साइना’, ‘इन्दु कि जवानी’, ‘शेरसान’ लगायत फिल्मलाई लागत मात्र होइन केही फाइदासहितको रकम प्रस्ताव गरिएको हो।
कबिर खान निर्देशित ‘८३’ निर्माता तथा निर्देशकले भने दर्शकलाई केही समय पर्खन आग्र गरेका छन्। फिल्ममा रणवीर सिंह र दीपिका पादुकोणसँगै ताहिर राज भसीन, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, हार्डी संधू, एमी विर्क, बोमन ईरानी र पंकज त्रिपाठी लगायतका कलाकारले अभिनय गरेका छन्।
हिन्दी, तमिल र तेलेगु भाषामा निर्माण भइरहेको यो फिल्म निर्माण युनिटले पनि केही महिनामा ओटिटी प्रदर्शन बारे पुनर्विचार गर्ने बताएका छन्।