PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

हवाई सेवामा लकडाउन जेठ २ सम्म लम्ब्याइयो



कुञ्जरमणि भट्टराई

हवाई सेवामा लकडाउन जेठ २ सम्म लम्ब्याइयो

काठमाडौं : उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको छ। यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमा नै राख्ने निर्णय गरेको हो। त्यसबाहेक कोरोना संक्रमणका विषयमा भएका कामको समीक्षा भएको सचिव नारायण विडारीले जानकारी दिए। 'अहिलेसम्म हामी नियन्त्रणमा सफल नै रहेका छौं,' उनले भने।

लकडाउनको अवधि थपिन्छ कि थपिन्न त?

सचिव विडारीले कति दिन थप्ने या नथप्ने भन्ने तय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी दिए। आजको बैठकमा हवाई सेवामा लकडाउन जारी राख्नेमात्र निर्णय भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell