काठमाडौं : मानिसहरुबीच सामाजिक र भौतिक दुरी नै कायम गर्न परेपछि एक महिना लामो रमजान व्रतको पहिलो दिन मस्जिदहरु सुनसान देखिए। इस्लामिक पात्रोका अनुसार नवौं महिनामा रमजान व्रत गर्ने विधि छ। एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानी समेत खाँदैनन् यस पर्वमा।
व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गई कुरानको केही भागका रुपमा नमाज पढ्ने प्रचलन छ। तर, कोरोना संक्रमणका कारण यसपाला इस्लाम धर्मावलम्बीहरु घरमै रहे।
घरमै बसेर व्रतलगायत नमाज पढ्ने विधि चलिरहेकाले मस्जिदहरु सुनसान रहे। कास्मिरी मस्जिदमा यस्तो शून्यतामा त्यही रहेका धर्मगुरुहरुले परम्परा थेगे। जबकि अघिल्ला वर्षहरुमा यहाँ अटाइनअटाइ धर्मावलम्बीहरु हुने गर्थे।
कोरोनाको त्रासका कारण शुक्रबार मुस्लिम आयोगले मस्जिदमा नगई घर घरमै रमजान पर्व मनाउन आह्वान गरेको थियो। कास्मिरी मस्जिद आज यस्तो देखियो -