PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लकडाउनको विषयमा विभिन्न मोडालिटीमाथि छलफल,मुख्यसचिव नेतृत्वको कार्यदले निर्णय गरेर मन्त्रिपरिषद् पठाइने



पहिलोपोस्ट

लकडाउनको विषयमा विभिन्न मोडालिटीमाथि छलफल,मुख्यसचिव नेतृत्वको कार्यदले निर्णय गरेर मन्त्रिपरिषद् पठाइने

काठमाडौं : आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउने वा नलम्ब्याउने बारेमा कुनै पनि निर्णय गरेन।

तर, समितिले एक महिनासम्म लकडाउनको समिक्षा तथा अबको मोडालिटी के गर्ने विषयमा भने छलफल गरेको छ। बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको समितिका एक सदस्यले जानकारी दिए।

बैठकमा सहभागीहरुले विभिन्न मोडालिटी बताएका थिए। तर, समितिमा अबको लकडाउन रणनीति के गर्ने भन्ने कुनै निर्णयमा पुगेको छैन।

'विभिन्न मोडालिटीमा छलफल भएको छ। अब बस्ने मन्त्रिपरिषद्को बैठकमा विभिन्न छलफलमा मोडालिटि पठाउँछौं,' एक सदस्यले भने।

समितिले तयार पारेका मोडालिटीबारे निर्णय गर्न भने मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वको टीमलाई दिइएको छ।

बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको छ। यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो। लकडाउन लम्ब्याउने भन्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell