PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

उत्तर प्रदेशमा थप दुई महिना सभा समारोह नहुने आदित्यनाथको घोषणा



पहिलोपोस्ट

उत्तर प्रदेशमा थप दुई महिना सभा समारोह नहुने आदित्यनाथको घोषणा
Getty Image

जुनको ३० तारिखसम्म भारतको उत्तर प्रदेशमा कुनै किसिमको सभा समारोह आयोजना नहुने भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दो स्थितिमा उक्त निर्णय लिइएको त्यहाँका मुख्य मन्त्री आदित्यनाथले बताएका हुन्।

उनले प्रदेशमा तोकिएको अवधिभर राजनीतिक र्‍याली, सामाजिक तथा सांस्कृतिक समारोह प्रतिबन्ध घोषणा गरेका हुन्। यसअघिको उनले उत्तर प्रदेशका प्रवासी मजदूरलाई पुन: आफ्नो प्रदेशमा फर्काउन निर्णय सुनाएका थिए।

उत्तर प्रदेशमा १६ सय जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै संक्रमणकै कारण २५ जनाले ज्यान गुमाइ सकेका छन्। भारतभर २४ हजार भन्दा बढीमा संक्रमण देखिएको छ भने ७ सय ७५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell