PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सडकमा भिडभाड किन? दैनिक कति पर्छन् कारबाहीमा?



पहिलोपोस्ट

सडकमा भिडभाड किन? दैनिक कति पर्छन् कारबाहीमा?

काठमाडौं : पछिल्लो केही दिन यता काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघनको सङख्या घटेको छ। प्रहरीको कारबाही तथ्याङ्कको आधारमा घटेको भनिएको हो। तर, सडकमा निस्किने मानिस र सवारी सङख्या हेर्दा भने बढेको देखिन्छ।

पछिल्लो ३० दिन अघिसम्म बिहान ८ बजेसम्म दैनिक १४ सय मानिसलाई लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले कारबाही गरेको थियो। तर, ३/४ दिनयता औशत ७ सय मानिस कारबाहीमा पर्ने गरेका छन्। आखिर प्रहरीको कारबाही कम वा मानिस सचेत भएका हुन्?

'होइन हाम्रो ड्युटी उति नै छ। अनावश्यक हिँड्नेलाई कारबाही गरिरहेका छौं,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।

आइतवार बिहान ८ बजेसम्म प्रहरीले काठमाडौं उपत्यका भित्र ८ सय ७४ जनालाई लकडाउन उल्लंघन गरेकोमा कारबाही गरेको छ। जसमा २ सय २१ जना महिला समेत रहेका छन्। अहिले दैनिक २ हजार मानिसलाई प्रहरीले कारबाहि गर्ने गरेको छ।

सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको छ।

त्यस्तै प्रहरीले आज ८२ वटा सवारी साधनलाई कारबाही गरेको छ। पछिल्लो दिनयता सडका सवारीको सङ्ख्या पनि बढेको छ। आखिर किन धेरै देखिए सडकमा सवारी? महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकाल भन्छन्, 'पछिल्लो समय विकास निर्माणको काम पनि भइरहेको छ। त्यसको लागि सामाग्री बोकेर हिँडेका सवारी थपिएका हुन्। त्यसैले धेरै जस्तो लागेको हो।'

त्यस्तै काठमाडौंबाट अलपत्र परेका आफ्ना नागरिकलाई लिन विभिन्न स्थानीय तहले पठाएका सवारीको कारण पनि काठमाडौंमा सवारीको सङख्या बढी देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell