PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कोभिड-१९ संक्रमणका कारण मर्नेको संख्या २ लाख नाघ्यो



पहिलोपोस्ट

कोभिड-१९ संक्रमणका कारण मर्नेको संख्या २ लाख नाघ्यो
Getty Image

विश्वभर कोराना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ। जोन होप्किन्स युनिभर्सिटीका अनुसार शनिवारसम्ममा २ लाख २ हजार ३ सय ६८ संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुने संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी रहेको छ। हालसम्म त्यहाँ ५० हजारभन्दा बढी मरिसकेका छन्।

त्यस्तै इटाली, स्पेन, युके र फ्रान्समा कोरोना संक्रमणकै कारण २०/२० हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। हाल युरोपियन देशहरुमा संक्रमण र मृत्युदरमा केही कमी आएको वा स्थिर रहेको भए पनि अफ्रिकामा भने उक्त संख्या बढ्दो देखिएको छ।

चिनियाँ रिपोर्टको अनुसार कोरोना संक्रमणका कारण पहिलो मृत्यु जनवरी ११ मा भएको थियो।

हालसम्म २१० देशमा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell