PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

प्रधानमन्त्रीले डाके २ बजेलाई मन्त्रिपरिषद, लकडाउनबारे निर्णय हुँदै



पहिलोपोस्ट

प्रधानमन्त्रीले डाके २ बजेलाई मन्त्रिपरिषद, लकडाउनबारे निर्णय हुँदै

काठमाडौं : आइतवार दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ।

प्रधामन्त्री निवास बालुवाटारमा बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

लकडाउन लगायतका विषयमा आइतवारको वैठकले निर्णय गर्ने छ। पछिल्लो पटक थपिएको लकडाउनको अवधि सोमवार सकिँदै छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको शनिवारको वैठकले लकडाउन तत्काल हटाउन नसकिने निष्कर्ष निकालेको थियो।

लकडाउनका विभिन्न मोडालिटीबारे पनि समितिको वैठकमा छलफल भएको थियो।

यसअघिको बैठकले राजनीतिक दल सम्बन्धिको अध्यादेश र संवैधानिक परिषद सम्बन्धिको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

अध्यादेश फिर्ता लिए पनि सरकारको सत्तारुढ दलकै नेताहरुले आलोचना गर्न थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell