PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोना संक्रमितको सेवामा खटिने नेपाली रोबोट तयार, आज सेनाको अस्पताललाई हस्तान्तरण गरिने



पहिलोपोस्ट

कोरोना संक्रमितको सेवामा खटिने नेपाली रोबोट तयार, आज सेनाको अस्पताललाई हस्तान्तरण गरिने

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रले बनाएको रोबोट आइतवार कोरोना विशेष अस्पतालमा लगिँदैछ। आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनले पहिलो रोबोट विरेन्द्र सैनिक अस्पताल, छाउनीमा बनाइएको कोरोना विशेष उपचार केन्द्रमा पठाउने तयारी पूरा भएको जानकारी दिएका हुन्।

उक्त रोबोटले कोरोना संक्रमित बिरामीलाई खाना, पानी, औषधी लगायत सामाग्री पुर्‍याउने काम गर्ने उनको दावी छ। रोबोटबारे उनले भने,'यो कोरोना संक्रमित बिरामीलाई लक्षित गरी बनाइएको रोबोट हो। हेर्दा रोबोट जस्तो नदेखिए पनि काम राम्रोसँग गर्छ। हामीले परीक्षण गरिसक्यौं।'

उनले स्वास्थकर्मीको सुरक्षाका लागि उक्त रोबोट प्रभावकारी रहने बताएका। पुनका अनुसार उक्त रोबोटको विकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई ११ दिन लाग्यो।

७५ हजार रुपैयाँ लागतमा बनेको रोबोटको माग बि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट पनि भएको जनाएका छन्। पहिलोपोस्टसँगको कुराकानीमा,'अब यस्तै रोबोटहरु बनाउँछौं।'

उनका अनुसार आज सेनाको अस्पताल पुर्‍याइएको रोबोट प्रयोग बारे नर्सहरुलाई आवश्यक तालिम दिइनेछ। तालिम प्राप्त नर्स तथा अन्य स्वास्थ्यकर्मीले यसको प्रयोग गर्नेछन्। भने,'तत्कालका लागि कोरोना संक्रमित बिरामी नभएका कारण सञ्चालनमा कहिले देखि आउँछ भन्न सकिन्न।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell