PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

दिल्लीको 'कोरोना रेड जोन'मा पत्‍नीको हत्या : फोनबाटै पतिको आत्मसमर्पणदेखि पक्राउसम्म



पहिलोपोस्ट

दिल्लीको 'कोरोना रेड जोन'मा पत्‍नीको हत्या : फोनबाटै पतिको आत्मसमर्पणदेखि पक्राउसम्म

दिल्लीस्थित कोरोना भाइरस जोखिमपूर्ण क्षेत्र मादिपुरमा शनिबार बिहान एक व्यक्ती पक्राउ परे। उनी लकडाउन उलङ्घन गरेको कारण पक्राउ परेका भने होइनन्। ती व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको आरोप छ। घटना भएको क्षेत्र कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ।

दिल्लीमा कोरोनाको उच्च जोखिममा रहेका ९५ स्थललाई रेड जोन घोषणा गरिएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीमा कोभिड-१९ रेड जोनमा हत्याको पहिलो घटना हो। आरोपित स्वयंले प्रहरीलाई फोन गरेर घटना बारे जानकारी दिएका थिए। उनले शनिबार बिहान साढर् ३ बजे फोनमार्फत् घरायसी झगडाका कारण आफूले पत्नीको हत्या गरेको बताएका हुन्। भनेका थिए – आवेगमा आएर हानें। उनको तत्काल मृत्यु भयो।

नियन्त्रित क्षेत्रमा पालना गरिनु पर्ने निर्देशिका अनासार प्रहरी तत्काल घटना स्थलमा पुगेन। बरु अपराध स्वीकार्ने व्यक्तिलाई नै कन्टेन्मेन्ट जोनबाट बाहिर आउन भनियो। प्रहरीको निर्देशन अनुसार घोषित 'रेड जोन'बाट बाहिर निस्किए। त्यसपछि उनलाई पक्राउ गरी आइसोलेसनमा पठाइएको हो।

पंजावी बाघ स्टेसनका प्रहरीले उनीसँग घटना र घटनास्थल बारे थप बयान लिए। उनको घरसम्म पुग्ने बाटोहरु स्यानिटाइज गरियो र पीपीई सेटसहित प्रहरी अधिकारीहरु कोठाको जाँच गर्न गए। त्यहाँ मृत महिलाको शव पटक पटक बेरेर राखिएको थियो। महिलालाई कोभिड-१९ को संक्रमण नभएका कारण उनको शव परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell