PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

तीन पटक आरडीटी टेस्ट पोजेटिभ महिलाको मृत्यु, क्यान्सरबाट थिइन् पीडित, पीसीआर परीक्षणलाई पठाइयो



राधेश्याम पटेल

तीन पटक आरडीटी टेस्ट पोजेटिभ महिलाको मृत्यु, क्यान्सरबाट थिइन् पीडित, पीसीआर परीक्षणलाई पठाइयो

वीरगंज : आज बिहान कोरोनाको आरडीटी परीक्षणमा पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको।

वीरगंज-१० अशोकबाटिका बस्ने २३ वर्षीया उनी क्यान्सर पीडित हुन्। उपचारका क्रममा नारायणी अस्पतालमा लैजाँदै गरेको अवस्थामा उनको मृत्यु भएको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले जनाएका छन्।

उनको शव अहिले नारायणी अस्पतालमा राखिएको छ भने थ्रोट स्वाब संकलन गरी हेटौंडा पठाइएको छ। एक महिना पहिले उनी भरतपुर क्यान्सर अस्पताल चितवनबाट उपचार गराएर फर्किएकी थिइन्। शनिवार अचानक स्वास्थ्यमा गडबडी देखिएपछि नेशनल मेडिकल कलेजमा उनलाई लगिएको थियो। तर, अस्पतालले भर्ना गर्न नमानेपछि विर्ताको एड्भान्स हस्पिटलमा पुर्‍याइएको थियो।

त्यहाँ पनि आसीयू वेड खाली नभएको भन्दै रेफर गरिएपछि पावर हाउस नजिक तराई हस्पिटलमा ल्याइएको थियो। त्यहाँ अस्पतालका चिकित्सकले कोरोनाको शंका लागेपछि लगातार दुई पटक आरडीटी परीक्षण गरेका थिए। जसमा नतिजा पोजेटिभ आएको थियो। त्यसपछि नारायणी अस्पतालबाट स्वास्थ्यकर्मीको टोली बोलाएर तेस्रो पटक परीक्षण गर्दा पनि नतिजा पोजेटिभ देखियो। नारायणीको आइसोलेसन वार्डमा लैजाँदै गर्दा उनको मृत्यु भएको हो। चिकित्सकले ब्लड क्यान्सरले ग्रसित महिलाको मृत्यु क्यान्सरले भएको हो कि कोरोनाले भन्ने स्वाबको पीसीआर नतिजा आएपछि स्पष्ट हुने जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell