PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

आरडीटीमा 'नगेटिभ' आएको थियो वीरगंजका नयाँ संक्रमितको रिपोर्ट



पहिलोपोस्ट

आरडीटीमा 'नगेटिभ' आएको थियो वीरगंजका नयाँ संक्रमितको रिपोर्ट

वीरगंज : वीरगंजमा थप दुईजनामा कोभिड १९ पोजिटिभ देखिएसँगै देशभर संक्रमितको सङ्ख्या ५१ पुगेको छ। आइतवार वीरगंज ३ छप्कैयाका ४९ वर्षीय पुरुष र वीरगंज २ घुसुकपुरका ५५ वर्षीय पुरुषको स्वाब परीक्षण गर्दा उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

यसअघि उनीहरुको आरडीटी प्रविधिबाट पनि परीक्षण गरिएको थियो। जसमा दुवैजनाको रिपोर्ट 'नेगेटिभ' आएको खुलेको छ। संक्रमण देखिएका मध्ये ४९ वर्षीय पुरुष वीरगंज महानगरपालिकाको सफाइ कर्मचारी हुन्।

संक्रमित दुवैजनालाई हाल अस्पताल ल्याइएको छ। यसअघि ५५ वर्ष पुरुष सिद्धार्थ माविको क्वारेन्टाइनमा थिए भने ४९ वर्षीय पुरुष आफ्नै घरमा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell