PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

संक्रमित बढेसँगै वीरगंजका चार वटा वडा सिल



राधेश्याम पटेल

संक्रमित बढेसँगै वीरगंजका चार वटा वडा सिल

वीरगंज : आइतवार कोरोना भाइरसबाट संक्रमितको संख्या बढेसँगै वीरगंज महानगरपालिकाका चार वटा वडा 'सिल' गरिएको छ। 

पर्सामा कोरोना संक्रमण देखिएसँगै वीरगंज वडा १,२ र ३ मा १ सय ३६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो। यसरी स्वाब पठाइएका मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। ८२ जनमा दुईजनामा मात्रै भाइरसको संक्रमण देखिएको हो।

यसअघि यी तीनै वडामा लकडाउन केही खुलुलो देखिएको थियो। तर आज थप दुईजनामा भाइरसको संक्रमण देखिएसँगै तीनैवटा वटा सिल गरिएको पर्साका सहायक सिडिओ ललित बस्नेतले जानकारी दिए।

यस्तै वीरगंज-१० अशोकबाटिका बस्ने २३ वर्षीया उनी क्यान्सर पीडितको आज मृत्यु भएसँगै उक्त वडा पनि सिल गरिएको उनले बताए। आज मृत्यु भएको महिलाको तीनपटक आरडिटी परीक्षण गर्दा कोरोनाको एन्टीबडी रिपोर्ट पोजिटिभ आएको थियो। उनको रिपोर्ट भने आज साँझसम्म आउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell