PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

मन्त्रिपरिषद् बैठक सर्‍यो, लकडाउन थप्न आन्तरिक छलफल जारी



पहिलोपोस्ट

मन्त्रिपरिषद् बैठक सर्‍यो, लकडाउन थप्न आन्तरिक छलफल जारी

काठमाडौं: आज दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषदको बैठक सरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको मन्त्रिपरिषद बैठक साझ ५ बजे सम्मका लागि सरेको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठकमा गरिने निर्णयका विषयमा छलफल भइरहेकाले बैठक सारिएको थापाले बताए।

लकडाउन लगायतका विषयमा आइतवारको बैठकले निर्णय गर्ने छ। पछिल्लो पटक थपिएको लकडाउनको अवधि सोमवार सकिँदै छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको शनिवारको बैठकले लकडाउन तत्काल हटाउन नसकिने निष्कर्ष निकालेको थियो। लकडाउनका विभिन्न मोडालिटीबारे पनि समितिको बैठकमा छलफल भएको थियो।

यसअघिको बैठकले राजनीतिक दल सम्बन्धिको अध्यादेश र संवैधानिक परिषद सम्बन्धिको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। अध्यादेश फिर्ता लिए पनि सरकारको सत्तारुढ दलकै नेताहरुले आलोचना गर्न थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell