PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

औषधि खरिद अनियमिततामा लेखाले थाल्यो छानविन, स्वास्थ्य मन्त्रालयसँग कागजात माग



पहिलोपोस्ट

औषधि खरिद अनियमिततामा लेखाले थाल्यो छानविन, स्वास्थ्य मन्त्रालयसँग कागजात माग

काठमाडौँः कोभिड –१९ जोखिम न्यूनीकरणका लागि ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग गरिएको खरिद प्रक्रियाबारे सार्वजनिक लेखा समितिले छानविन प्रक्रिया थालेको छ। स्वास्थ्य मन्त्रालयले उक्त खरिद प्रक्रिया रद्द गरिसकेको छ। खरिद प्रक्रिया रद्द भए पनि अनियमितता भएको भन्दै चौतर्फी रुपमा छानविनको माग भइरहेको थियो। 

लेखा समितिले आइतबार स्वास्थ्य मन्त्रालयसँग खरिद प्रक्रियाबारेका कागजात माग गरेको हो। छानविन प्रक्रिया अघि बढाउन आवश्यक रहेको भन्दै समितिले मन्त्रालयसँग कागजात माग गरेको समिति सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए। 

समितिले आवश्यकम कागजात पत्र प्राप्त भएको मितिले सात दिनभित्र उपलब्ध गराउन पत्रमा उल्लेख गरेको छ। 

स्वास्थ्य सेवा विभागमार्फत ओम्नीसँग विना प्रतिस्पर्धा सामाग्री खरिद गर्न लागिएको भन्दै आलोचना भएको थियो। आलोचनापछि मन्त्रालयले खरिद प्रक्रिया रद्द गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell