
काठमाडौं : पूर्वसचिव भीम उपाध्यायविरुद्ध जिल्ला अदालतमा साइबर अपराध मुद्दा दर्ता भएको छ। अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले उपाध्यायको मुद्दा दर्ता भएको र सोबारदेखि थुनछेकको प्रक्रिया सुरु हुने बताए।
सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गरेको आरोपमा उपाध्यायलाई वैशाख १० गते प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरस्थित निवासबाट नियन्त्रणमा लिई हिरासतमा राखेको थियो।
पूर्वसचिव उपाध्याय र बहालवाला स्वास्थ्य सचिव यादव कोइरालाबीच फेसबुकमा दोहोरी चलेको थियो।