31.jpg)
काठमाडौँः राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीको एकीकरण प्रक्रिया बदरको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपीन ढकालले आयोगमा निवेदन दर्ता गराएका हुन्। आइतबार निवेदन दर्ता भएको हो।
एकीकरणको सहमति पत्रमा बहुराष्ट्रिय राज्य कायम उल्खेख भएको र उक्त शब्द संविधानको धारा ३ द्वारा परिभाषित राष्ट्रको कल्पना विपरीतको भएको भन्दै निवेदन दर्ता भएको हो।
निवेदकले दर्ता प्रक्रिया रोकी संविधान र कानुन बमोजिम मात्र दर्ता अघि बढाउन माग गरेका छन्।