PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कोरोना परीक्षणको संख्या ५१ हजार नाघ्दा संक्रमित पुगे ५१ जना



पहिलोपोस्ट

कोरोना परीक्षणको संख्या ५१ हजार नाघ्दा संक्रमित पुगे ५१ जना

काठमाडौं : सरकारले आइतबारसम्म ५१ हजार ३६७ जनाको कोरोना परीक्षण गरेको छ।

पिसीआरबाट ९ हजार ९३१ र र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट ४१ हजार ४३६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले २४ घण्टामा २ हजार ९६ को परीक्षण गरिएको बताए।

यस्तै १७ हजार २५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा ११० जना छन्। ६ जना उपत्यकामा आइसोलेशनमा रहेको प्रवक्ता देवकोटाले बताए।

२४ घण्टामा ६ जना रेड जोनमा परेका छन् भने कुल २ सय ९६ जना छन्। 

परीक्षणको संख्या ५१ हजार नाघ्दा संक्रमितको संख्या पनि ५१ जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell