PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सरोकार समाजद्वारा २४५ परिवारलाई राहत, उपत्यकाका १४ स्थानमा वितरण



पहिलोपोस्ट

सरोकार समाजद्वारा २४५ परिवारलाई राहत, उपत्यकाका १४ स्थानमा वितरण

काठमाडौं : तेह्रथुम सरोकार समाजले लकडाउनका कारण राजधानीमा अलपत्र परेका तेह्रथुमे विद्यार्थी तथा ज्यालाजारी मजदुरहरूलाई राहत वितरण गरेको छ।

शुक्रबारदेखि जारी राहत कार्यक्रम आज काठमाडौंको सिफल चौर, हनुमानस्थान (भाटभाटेनी), नयाँबानेश्वर, कौशलटार, सूर्यविनायक, च्यामासिंह, ठुलोबेंसी, पूरानो ठिमी, पेप्सिकोला, काँडाघारी, नारानटार, गोकर्ण मुल्पानी, साँखु, र बौद्ध क्षेत्रहरुमा वितरण भएको छ।

तीन दिनदेखि सुरू भएको उक्त कार्यमा आजसम्म २४५ विपन्न मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गरिएको सरोकार समाजका अध्यक्ष मोहन कुमार डाँगीले बताए।

शनिवारमात्र विशालनगर, कालिमाटी, थानकोट, कीर्तिपुर, बल्खु तथा ललितपुरका केही स्थानमा ८६ परिवारलाई राहत वितरण गरिएको समाजका सचिव भगिमान गुरुङले जानकारी दिए। उनका अनुसार आज ९० परिवारलाई राहत वितरण गरिएको छ। 

प्रत्येक परिवारलाई २५ किलोको एकबोरा चामल, ३ केजी दाल, १ केजी चिनी, १ केजी चिउरा, १ केजी नुन र एउटा सावुन राहतस्वरुप वितरण गरिएको थियो।

एक महिना भन्दा बढी समयदेखि जारी लकडाउनका कारण ज्यालादारी गर्न नपाएका अर्नु बहादुर बिके सरोकार समाजले वितरण गरेको सहयोगाबाट ठूलो राहत पाएको बताउँछन्।

यसअघि शुक्रबार शंखपार्क, बूढानिलकण्ठ, बसुन्धरा, टोखा र गोंगबु क्षेत्रमा ६९ परिवारलाई राहत वितरण गरिएको थियो।

सन् २००६ मा स्थापित तेह्रथुम सरोकार समाजले लकडाउनमा अलपत्र तेह्रथुमे ज्यालादारी मजदुर, विद्यार्थी तथा अन्यका लागि राहत जुटाउन महासचिव केशव भट्टराईको संयोजकत्वमा राहत संकलन तथा वितरण समिति गठन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell