PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कोरोना जित्दा जति खुसी छिन् कनिका लापरवाहीको आरोप लाग्दा त्यति नै दु:खी, आयो प्रष्टिकरण



पहिलोपोस्ट

कोरोना जित्दा जति खुसी छिन् कनिका लापरवाहीको आरोप लाग्दा त्यति नै दु:खी, आयो प्रष्टिकरण

कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी बलिउड गायिका कनिका कपूरले आफूमाथि लागेको लापरवाहीको आरोपमा प्रष्टिकरण दिएकी छिन्।

बेलायतबाट फर्केकी कनिकालाई उत्तर प्रदेशको लखनऊमा कोरोना संक्रमण देखिएको थियो। संक्रमण देखिएपछि उनीमाथि लापरवाही गरेको आरोप लागेको थियो। कोरोना जित्दा जति खुसी भएर घर फर्किएकी थिइन् कनिका, लापरवाहीको आरोपले त्यतिनै दु:खी। त्यसैले त अहिले लामै प्रष्टिकरण दिएकी छिन्।

लापरवाही आरोपमा सफाई दिँदै कनिकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेकी छिन्, 'म चुप लागेर शान्त बस्दा मेरो बारेमा धेरै भ्रमपूर्ण कथा रचियो। तर, म शान्त यसकारण थिएन कि म गलत छु। म त सत्य आफैं बाहिर आउने पर्खाईमा थिए। यसमा मेरो परिवार र मित्रजनको साथ थियो।'

कनिकाले बेलायतबाट मुम्बई आउँदा विमानस्थलमा स्क्रिनिंग नगरेर हिँडेको आरोपको पनि खण्डन गरेकी छिन्। 'म १० मार्चमा यूकेबाट मुम्बई फर्किएकी थिए। विमानस्थलमा मेरो स्क्रिनिंग गरिएको थियो। त्यसबेला मलाई क्वारेन्टाइनमा जान कुनै सल्लाह दिइएन,' उनले भनेकी छिन्।

कनिका ११ मार्चमा आफ्ना माता-पितासँग भेट गर्न लखनऊ आएकी थिइन्। मुम्बईबाट लखनऊ आउँदा भने कुनै प्रकारको स्क्रिनिंग नभएको उनको भनाई छ। उनले १४ र १५ मार्चमा आफ्ना लन्च गरेकी थिइन्। यसबारे उनले विस्तृत खुलाएकी छैनन्।

त्यसैगरी कनिकाले आफ्नो सम्पर्कमा आएका कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको र सबैको नेगेटिभ रिपोर्ट आएको पनि स्पष्ट पारेकी छिन्। 'म यूकेबाट मुम्बई र लखनऊसम्म जसलाई भेटेकी थिए ती सबैमा कोरोनाको कुनै लक्षण छैन। उनीहरुको सबैको रिपोर्ट नेगेटिभ आएको छ,' उनले भनेकी छिन्।

कनिकाले आफूमा धेरै दिनसम्म कोरोनाको लक्षण नदेखिएको कुरा पटक पटक दोहोर्‍याएकी छिन्। '१७ र १८ मार्चमा मात्र मैले केही लक्षण महसुस गरे। १९ मार्चमा टेस्ट गराउँदा पोजेटिभ देखियो,' उनले भनेकी छिन्।

कनिका हाल परिवारसँग लखनऊमा आराम गरिरहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell