PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

लकडाउन दश दिन थपियो, वैशाख २५ गतेसम्म कायम रहने



पहिलोपोस्ट

लकडाउन दश दिन थपियो, वैशाख २५ गतेसम्म कायम रहने

काठमाडौँः सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १० दिन थपेर वैशाख २५ सम्म कायम गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। बैठकमा लकडाउनको मोडालिटीबारे पनि छलफल भएको छ।

यसअघि थपिएको लकडाउनको अवधि भोलि १५ गते सकिँदैछ।

उच्चस्तरीय समितिले भने मोडालिटीसहित एक साता बढाउन सिफारिस गरेको थियो। मन्त्रिपरिषदले भने जोखिम कायमै रहेको भन्दै १० दिन थपेको हो।

उच्चस्तरीय समितिले सीमा नाकाको बन्द यथावत र आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान बन्दको अवधि लम्ब्याउने निर्णय यसअघि नै  गरिसकेको छ। सीमा नाका वैशाख ३१ गतेसम्म बन्द गर्ने निर्ण भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell