PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

वीर अस्पतालमा राखियो सेनिटाइजिङ बुथ

वीर अस्पतालमा राखियो सेनिटाइजिङ बुथ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : विश्व कोरोना भाइरसको संक्रमणसँगै जुधिरहेको छ। भाइरस फैलिनबाट रोक्न विश्वका अधिकांश देश लकडाउनमा रहेको बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् चिकित्सक र स्वास्थ्यकर्मीहरु।

कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्क हुने भएकोले चिकित्सकहरुको सुरक्षाको मुख्य चुनौती बनेको छ। त्यसैले उनीहरुको सुरक्षालाई मध्यनजर गर्दै अस्पतालमा सेनिटाइजिङ बुथ राख्ने क्रम पनि बढ्दै गएको छ। 

यसैबीच मारवाडी युवा मञ्चले वीर अस्पताललाई सेनिटाइजिङ बुथ हस्तान्तरण गरेको छ। अस्पतालको दुईवटा गेटमा सेनिटाइजिङ बुथ राखिएको हो।  

यसअघि मञ्चले टेकुस्थित शुक्रराज ट्रपिकल र सुरुवा रोग अस्पताललाई सेनिटाइजिङ बुथ प्रदान गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell