PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

यस्तो बन्यो कोरोना संक्रमितको सेवामा प्रयोग हुने रोबोट

यस्तो बन्यो कोरोना संक्रमितको सेवामा प्रयोग हुने रोबोट

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रले बनाएको कोरोना संक्रमित बिरामीहरुलाई सुविधा दिने लक्ष्य सहित रोबोट निर्माण गरिरहेको छ।

कीर्तिपुरस्थित केन्द्रको प्रयोगशालमा रोबोट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। उक्त रोबोटले कोरोना संक्रमित बिरामीलाई खाना, पानी, औषधी लगायत सामाग्री पुर्‍याउने काम गर्ने केन्द्रले जनाएको छ।

ती रोबोटहरु वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा बनाइएको कोरोना विशेष उपचार केन्द्रलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।  

स्वास्थकर्मीको सुरक्षाका लागि उक्त रोबोट प्रभावकारी रहने केन्द्रको दाबी छ।

अस्पताललाई दिइने रोबोट प्रयोग बारे नर्सहरुलाई आवश्यक तालिम दिइनेछ। तालिम प्राप्त नर्स तथा अन्य स्वास्थ्यकर्मीले यसको प्रयोग गर्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell