PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

कोरोनाबाट मृत्यु भएको आशंका गरिएको प्रियंकाको पीसीआर रिपोर्ट नेगेटिभ, शव परिवारले बुझ्यो



राधेश्याम पटेल

कोरोनाबाट मृत्यु भएको आशंका गरिएको प्रियंकाको पीसीआर रिपोर्ट नेगेटिभ, शव परिवारले बुझ्यो

वीरगंजः  वीरगंज-१० अशोक वाटिकाकी २३ वर्षीय युवती प्रियंका कुमारीको कोरोना संक्रमणबाट निधन नभएको पुष्टि भएको छ। ब्लड क्यान्सर पीडित प्रियंकाको आइतबार बिहान निधन भएको थियो।

नारायणी अस्पतालले हेटौँडामा पठाएको नमूना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको थियो।

प्रियंकाको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले जानकारी दिए।

उपाध्यायले भने, ‘आरडीटी टेस्टमा पोजेटिभ देखिएकी क्यान्सर पीडित युवतीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। उनको मृत्युको कारण कोरोना होइन। क्यान्सर नै हुनुपर्छ।'

’आइतबार साँझ साढे ५ बजे रिपोर्ट नेगेटिभ आएपछि शव परिवारले बुझेर दाहसंस्कार गरेका छन्।

एक महिनाअघि उनलाई क्यान्सर भएको पत्ता लागेको थियो। भरतपुर क्यान्सर अस्पतालको परामर्शमा उनी क्यान्सरको औषधि सेवन गर्दै आएकी थिइन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell